खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कोसी राजमार्गअन्तर्गत चैनपुर–११ गहतेमा प्रदेश १–०२–००३ त १५१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चाकलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–३ पोखरीका २४ वर्षीय दिनाङ लिम्बू रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
शनिबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेर घाइते भएका लिम्बूको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट १० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।