प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसद्‌मा छलफल हुने

281

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव संसद्‌मा अघि बढ्ने भएको छ । महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्‌मा छलफल प्रक्रिया अघि बढ्ने भएको हो ।

फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन समय तोक्ने छन् ।

संसद्को आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसद्हरुले समर्थन जनाएका थिए ।

 

Share This:
सम्बन्धित खबर
Loading...