आदर्श सञ्चारद्वारा मानवसेवा आश्रममा खानाको व्यवस्था

365
  • रोहन जिसी

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले मानवसेवा आश्रम बागलुङमा रहेकाहरुलाई मंगलबार बिहानको खाना व्यवस्था गरेको छ ।

संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५औँ वार्षिकोत्सव तथा ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मानवसेवा आश्रम बागलुङ शाखालाई आश्रमको सेवालाई थप सहज बनाउनका लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष तथा संघीय सांसद् मनकुमारी केसीले मानव सेवा नै धर्म हो, सामाजिक कार्यमा सरिक हुन सम्पुर्ण मानवको जिम्मेवारी, कर्तव्य रहेको बताइन् । सांसद् केसीले ‘ओहो छोरी पो भएछ है बाट सुरू भएको जिन्दगी छोरी होस् त यस्तो होस्’ भन्ने बनाउनु पर्ने भन्दै सम्पूर्ण महिलालाई थप उदाहरणीय कार्यमा लाग्न आह्वान गरिन् ।

कार्यक्रममा हाम्रो चाहनाः सबैको लागि खाना नाना छाना नाराका साथ स्थापित आश्रमका रहेका आश्रित ४९ जनालाई भोजन खुवाइएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले जानकारी दिइन् ।

कार्यक्रमको अध्यक्षता आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी अञ्जु), स्वागत मानवसेवा आश्रम बागलुङ शाखाका विपना तामाङ र सञ्चालन संस्थाका सहसचिव सरस्वती खड्का परियारले गरेका थिए ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको पहिलो सञ्चारमाध्यम धौलागिरी जागरण दैनिक फागुन २३ गतेदेखि १६ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थाले दैनिकसँग अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थामा ३ हजार ५ सय जना सेयर सदस्य, ५ करोड ५० लाख सेयर रकम, ३२ करोड वचत, ३७ करोड लगानी रहेको प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...