खाँदबारी युथ क्लबको नयाँ कार्यसमिति चयन, अध्यक्षमा दिपेन्द्र कार्की

427

खाँदबारी । सङ्खुवासभाको खाँदबारी युथ क्लबको नयाँ कार्यसमिति चयन भएको छ ।

बिहीबार सम्पन्न अधिवेशनले दिपेन्द्र कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा मुनुहाङ गुरुङ, महासचिव सुरेन शाक्य, सचिव उल्लास बिशुङ्के, कोषाध्यक्ष राजनारायण लिम्बू रहेका छन् ।

यस्तै, सदस्यहरुमा प्रजिना शाक्य ,सुजन श्रेष्ठ, प्रवेश बज्राचार्य, जानकीबल्लभ पोखरेल, मनोज श्रेष्ठ, राजविक्रम लिम्बू, मनिष श्रेष्ठ र रोहित कार्की रहेको पूर्वअध्यक्ष सोनाम लामाले जानकारी दिए ।

विगत लामो समयपछि भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । खाँदबारी क्षेत्रमा खेलकुद तथा सामाजिक काम गर्दै खाँदबारी युथ क्लब २०६१ सालमा स्थापना भएको थियो ।

स्रोत : खाँदबारी एफएम

Share This:
सम्बन्धित खबर
Loading...