मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

136

काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा वडाध्यक्षको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष ३० वर्षीय नवराज कार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

८ फागुनमा कार्की सवार भे६प४४०१ नम्बरको मोटरसाइकललाई कर्णाली प्रदेश ०२–००१ख ०५४६ नम्बरको फोर्स गाडीले भेरीगंगा नगरपालिका–१२ मा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनलाई काठमाडौँ ल्याएको थियो । शुक्रबार राति न्युरो अस्पताल बासबारीमा उनको मृत्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

कार्की नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...