दुर्गेश थापासहित यी ४ जनालाई पलले लगाए आरोप

333

काठमाडौँ । नायक पल शाहले कलाकार दुर्गेश थापालगायतले एक गायिकालाई उक्साएर आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको आरोप लगाएका छन् ।

केही अडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले गायक थापा, सरोज ओली कृष्ण जोशी र सम्राट चौलागाईंले गायिकालाई आफूविरुद्ध उकासेको पलले आरोप लगाएका हुन् ।

गायिकाले केही दिन अगाडि सार्वजनिक गरेको अडियोमा लगाइएको आरोपमा सत्यता नरहेको पनि उनले दाबी गरेका छन् ।

“जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ,” उनले लेखेका छन्,“उक्त अडियो क्लिपमा भनिएअनुसार सुतिरा’को अवस्थामा सिरक ओडायो अनि जबर्जस्ती गर्न खोज्यो भनिएको कुरामा सत्यता छैन ।”

अडियो सार्वजनिक गर्दै पलले सबै अडियो क्लिप सुनेर के ठिक र के बेठिक छुट्याउन आग्रह गरेका छन् ।

आफू दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।

पलविरुद्ध बुधबार तनहुँमा प्रहरीले एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । जाहेरीपछि पललाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...