सभापोखरीमा ह्याम्बर प्रहार गरी बाबुको हत्या

316

खाँदबारी । सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको आफ्नै साइला छोराले हत्या गरेका छन् ।

सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...