राप्ती सोनारीको गाउँसभाबाट ६ वटा कानुन पारित

224

बाँके । राप्ती सोनारी गाउँपालिकाले विभिन्न ६ वटा कानुन पारित गरेको छ ।

गाउँपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १०औँ गाउँसभाले कृषि तथा पशुपन्क्षी, खानेपानी तथा सरसफाइ र स्वच्छतासम्बन्धी, नमुना वन, भूमि, स्वास्थ्य तथा सरसफाइ र सहकारीसम्बन्धी संशोधित ऐन सर्वसम्मत रुपमा पारित भएको हो ।

सभाका सदस्यहरुले ताली बजाएर उक्त कानुनहरु पारित गरेका हुन् । सो क्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले ६ वटै विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे ।

यस्तै गाउँसभाले उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र बजेट संशोधनलाई पनि सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

गत माघ २७ गते १० औं गाउँसभा सुरु भएको थियो । सभाको पहिलो बैठकमा प्रस्ताव गरिएका विधेयकका मस्यौदा अध्ययन गर्नका लागि सभासदहरुलाई समय दिइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...