अब मतपत्र च्यातेर, बत्ती निभाएर जित्ने सपना नदेखे हुन्छ : ओली

282

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने कल्पना नगर्न सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् । विगतमा त्यसरी समेत जितेको उल्लेख गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उनले पाँच वर्षअघि पनि सत्ता गठबन्धनसँग लडेरै स्थानीय तहमा एमालेले जितेको बताएका छन् । स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यसपल्ट बहुमतसहित एमालेले जित्ने दाबी गरे । स्थानीय तहमा मात्रै नभइ आगामी प्रदेश र संघीय निर्वाचनमा समेत बहुमत प्राप्त गर्ने उनको भनाइ छ ।

“अब निर्वाचनमा बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,” ओलीले भने । उनले पार्टी विभाजनको असर कम नै रहेको दाबी गरे । “षड्यन्त्र रुपमा पार्टी विभाजन गर्दा पनि स्थानीय निकायमा पार्टीको वर्चश्व छ । विभाजनको असर दुई डिजिटभन्दा कम नै विभाजित भयो,” उनले भने ।

गत चुनावमा पनि गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत स्थानमा विजय हासिल गरेको उल्लेख गर्दै ओलीले अब पनि त्यो स्थान कायम हुने दाबी गरे । उनले भने,“पहिले ४१ दशमलव २८ प्रतिशत ल्याउँदा त यस्तो छ । अब बहुमत जित्छौँ । के गर्लान् विचराहरु ? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...