जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, १९ जना घाइते

213

काठमाडौँ । जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

त्रियुगा नगरपालिका–१६ रातापानीबाट नेपालटारतर्फ जाँदै गरेको प्र२–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । त्रियुगा नगरपालिका–१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्याक्टरमा सवार १९ जना घाइतेको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...