विराटनगर–१८ बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

323

काठमाडौँ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालय कृषि फार्मलाई केन्द्रबिन्दु मानी विराटनगर महानगरपालिका–१८ को क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...