तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

1,326

खाँदबारी ।  खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार सोमबार बिहान ७ बजे प्रदेश २–०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै भएको हो । तुम्लिङटारबाट वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

ट्रक मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्‍याएर सोमबार बिहान वीरगञ्ज फर्कँदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...