एमालेको आरोप : मन्त्रालय फुटाएर गठबन्धनले आर्थिक भार बढायो

288

काठमाडौँ । नेकपा (एमाले) प्रदेश कमिटीले १ नम्बर प्रदेशमा मन्त्रालयको संख्या वृद्धि गरेकोमा आपत्ति जनाएको छ । एमालेले ६ मन्त्रालय रहेको मन्त्रिमण्डललाई दोब्बर बनाउन लागेकोमा विरोध गरेको हो ।

प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले जारी गरेको वक्तव्यमा प्रदेश १ को पुँजीगत खर्चभन्दा साधाराण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार पारेको भन्दै पाँच दलीय गठबन्धनको आलोचना गरेका छन् ।

“प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी अनौचित्यपूर्ण तवरले मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन यो कमिटी जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ,“मुलुकको ढुकुटीबाट ब्रम्हलुट मच्चाउने, जनताको ढाड सेक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने गठबन्धन सरकारका निर्णयको तीव्र निन्दा, घोर भत्र्सना र व्यापक विरोध गर्दछौँ ।”

प्रदेशसभाबाट पारित योजनाहरु खारेज गरिएको योजनाहरुमा विनियोजित बजेट कटौती गरिएको, विकासका काम ठप्प गरेको र भ्रष्टाचार बढाएको भन्दै एमालेले सरकारको आलोचना समेत गरेको छ ।

“प्रदेशसभाबाट पारित महत्वपूर्ण कयौँ योजना आयोजनाहरु खारेज गरिएको छ । सयौँ योजना आयोजनाहरुमा विनियोजित रकम कटौती गरिएको छ,” विज्ञप्तिमा भनिएको छ,“प्रदेश गौरवका र बहुवर्षीय आयोजनाहरु बजेटको अभावमा अलपत्र छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...