सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : प्रचण्ड

277

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवि वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गरे ।

उनले प्रेस सेन्टर नेपालका संस्थापकहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, प्रेस सेन्टरका सम्पूर्ण सदस्य र सम्पूर्ण नेपाली श्रमजीवि पत्रकारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताए । उनले आगामी दिनमा पनि सकरात्मक र प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...