ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

307

भोजपुर । जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७६७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र सङ्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् ।

नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए ।

उनीहरुको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...