भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

182

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घन्टाभित्रै कालिकोटका १६ वर्षीय युवकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मधुवन नगरपालिका–६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो ।

यस्तै, कालिकोट शुभकालिका गाउँपालिका–५ निवासी १६ वर्षीय युवकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको छ । यही माघ ४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि भोलिपल्ट अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...