यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

307

काठमाडौँ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

कृषि तथा वन विज्ञान विश्व विद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । मन्त्रिपरिषद्ले कञ्चनपुर र कैलालीमाा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाटा नपा र कैलालीको गोदावरी नगरपालिकाको वन क्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको उनले बताए ।

बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरवन्दी स्वीकृति गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताए । कानुनविदहरुले संविधानसँग बाझिएका कानुन संशोधन गरेर संविधान अनुकुल बनाउन सुझाव आएको र सरकार परामर्शमा रहेको उनको भनाइ छ ।

उनले प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी नरहेको बताए ।

प्रवक्ता कार्कीले संसद्को गतिरोध हटाउन पर्याप्त पहल भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिम्मेवार नदेखिएको बताए । उनले सदनलाई सुचारु गर्ने दायित्व सबैको भएको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...