पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

105

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षाहरु स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरु हालका लागि स्थगित गरिएका हुन् ।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गर्दै सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष÷सेमेस्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन् ।

कोरोना महामारीका कारण यसअघि त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...