पानीमाथि पद्‌माशन गरेर श्रेष्ठले बनाए विश्व रेकर्ड

334

काठमाडौँ । विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्‌माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् ।

बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घन्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरी पद्‌मा बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल भएका हुन् ।

सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले श्रेष्ठलाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशील रहनसमेत मन्त्री अथकले आग्रह गरे ।

सन् २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउन्डेसनले आयोजना गरेको शिक्षासम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्‌माशन गरेका थिए ।

यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउन्डेसनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...