प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

119

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री देउवाले शुक्रबारदेखि सबै कार्यक्रममा सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ ।

बैठकमा कोरोना महामारी, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहीको विषयमा छलफल केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै सिसिएमसीले १३ बुँदे सिफारिस गरेको थियो ।

गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका देउवा शुक्रबारदेखि नियमित काममा फर्किएका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवासमेत कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

सोमबार र बिहीबार गरिएको कोभिड–१९ परीक्षण गराएका देउवाको दुवै रिपोर्ट नेगेटिभ आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...