भोटखोला लिङ्गमकी सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार

305

खाँदबारी । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो । सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा लगिएको हो ।

भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक अमृता तामाङले आमा र बच्चाको अवस्था गम्भीर देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौँ लैजान सिफारिस गरिएको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...