५० जिल्लामा एमालेको नयाँ नेतृत्व चयन [सूचीसहित]

85

काठमाडौँ । नेकपा (एमाले)का दुई गैरभौगोलिकसहित ५० जिल्लाले नयाँ नेतृत्व पाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार एकैसाथ भर्चुअलमाध्यमबाट ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए ।

अधिकांश स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ । सोमबार पनि केही जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

मंगलबार बिहानसम्म ४८ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो । मजदुर विशेष र पेसागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

कुन जिल्लामा को अध्यक्ष ?
प्रदेश १
झापा – दिपक कार्की
मोरङ – ऋषिकेश पोखरेल
खोटाङ – रामप्रसाद दंगाल
धनकुटा – ईन्द्रमणि पराजुली
तेह्रथुम – तेजमान कन्दङ्वा
पाँचथर – राजकुमार भण्डारी
भोजपुर – शरण राई
इलाम – महेश बस्नेत
सोलुखुम्बु – डुफकुमार बास्तोला
उदयपुर – प्रमेश्वर राई
ओखलढुंगा – शंकर कटुवाल

प्रदेश २
सप्तरी – ताराकान्त चौधरी

बागमती
धादिङ – भूमि त्रिपाठी
काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु
भक्तपुर – बचन देउजा
रसुवा – कर्णेल तामाङ
सिन्धुली – कुमारबहादुर कार्की
रामेछाप – आनन्दकुमार श्रेष्ठ
नुवाकोट – बद्री मैनाली
मकवानपुर – एकलाल श्रेष्ठ
काठमाडौँ – दीपक निरौला
ललितपुर – पुरुषोतम आचार्य
दोलखा – नरबहादुर श्रेष्ठ

गण्डकी
गोरखा – प्रेम गुरुङ
तनहुँ – श्रीप्रसाद श्रेष्ठ
म्याग्दी – देवेन्द्र केसी
लमजुङ – कृष्णप्रसाद अधिकारी
बागलुङ – हिराबहादुर केसी
पर्वत – राजु पौडेल
नवलपुर – मुक्ति पाण्ड

लुम्बिनी
पाल्पा – धनेन्द्रराज घिमिरे
गुल्मी – बालकृष्ण काउछा मगर
अर्घाखाँची – पिताम्बर भुसाल
बाँके – किस्मतकुमार कक्षपति
बर्दिया – लालबहादुर श्रेष्ठ
दाङ – हुकुमबहादुर बस्नेत
रुपन्देही – तेजेन्द्र केसी
कपिलवस्तु – डम्बरबहादुर शर्मा
नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
प्युठान – विजयविराज विष्ट

कर्णाली
डोल्पा – शेरबहादुर बुढा
सल्यान – गोविन्द पुन मगर
जुम्ला – शान्तिलाल महत
रुकुमपूर्व – नन्दराम देवकोटा

सुदूरपश्चिम
डडेल्धुरा – प्रकाश साउद
बैतडी – सुरेन्द्र पाल
डोटी – चक्र मल्ल
कैलाली – रतन थापा

गैरभौगोलिक जिल्ला
मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
पेसागत विशेष – उमेश ढकाल

Share This:
सम्बन्धित खबर
Loading...