उज्ज्वल थापा फाउन्डेसन निर्माण

94

काठमाडौँ । नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहेका युवा नेता स्व उज्ज्वल थापाको स्मृतिमा ‘उज्ज्वल थापा’ फाउन्डेसन स्थापना गरिएको छ ।

नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागीतामूलक, सहकार्यमा आधारित, दीगो र द्रूत सामाजिक रुपान्तरण हासिल गर्नु यस फाउन्डेसनको उद्देश्य रहेको छ ।

उज्ज्वल थापाको गत जेठ १८ गते कोभिडका कारण निधन भएको थियो । फाउन्डेसनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्नेः स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्याउने, उद्यमशीलताको प्रवर्द्धन गर्ने, पर्यावरणीय हितका क्षेत्रमा काम गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिलगायत अन्य क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको फाउन्डेसनका अध्यक्ष एरिका अधिकारीले जानकारी दिइन् ।

फाउन्डेसनको स्थापना गर्नु अगाडि उज्ज्वलका परिवार, साथी तथा शुभेच्छुकहरुले उज्ज्वलको उपचारका लागि विभिन्न देशबाट झन्डै ३ हजार जनाले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको ४२ लाखभन्दा बढी रकम विभिन्न सात वटा गैरसरकारी÷गैरनाफामूलक संस्थालाई वितरण गरिएको उनले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...