अब कांग्रेसले एक्लै चुनाव लड्छ, गठबन्धन हुँदैन : शेखर कोइराला

360

इनरुवा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् ।

शनिबार यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।

“अब कांग्रेसले एक्लै चुनाव लड्छ । कांग्रेसका नेता कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ,” उनले भने ।

उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताए । पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने नेता कोइरालाले बताए ।

उनले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गरे । उनले भने,“सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनुपर्‍यो । देखिने गरी हुनुपर्‍यो, न्यायसंगत हुनुपर्‍यो ।”

आम नेपाली जनतामा एमसीसीका बारेमा फैलिएको त्रास चिर्न संसद्‌मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिन आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...