जसपाले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

162

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

जसपाले प्रदेश नम्बर १ को अल्पसंख्यक समूहबाट भोजपुरका हेमराज राई र प्रदेश नम्बर २ को खुलातर्फ सिरहाका मोहम्मद खालिद सिद्दिकी उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सोमबार भएको गठबन्धनको बैठकमा जसपाले एमालेबाट यसअघि विजयी राष्ट्रियसभा सदस्य तर्फको २ सिटमा उम्मेदवारी दिने सहमति भएको थियो ।

राष्ट्रियसभाको १९ सदस्यका लागि १२ माघमा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...