एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत रहेको पुष्टि भइसकेको छ : भीम रावल

84

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।

नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताए ।

अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका विज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हास्यास्पद भएको उनको भनाइ छ ।

उनले आफूले एमसीसीबारे सबै प्रावधान पढेकाले नेपालीलाई मुर्ख बनाउन काम नगर्न सुझाव दिए । पाँचतारे होटलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उनले आरोप लगाए ।

उनले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परियोजनाका कर्मचारीसँग सम्झौता गरेर त्यही बेलादेखि नै असमान सम्झौता भएको पुष्टि भएको बताए ।

रावलले एमसीसीको प्रस्तावता र विभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरु सार्वभौमिक समानताको सिद्धान्तविपरीत रहेको तर्क गरे ।

Share This:
सम्बन्धित खबर
Loading...