सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ : प्रधानमन्त्री देउवा

286

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र त्रिभुवन विश्वविद्यालय हुन नहुने बताएका छन् ।

सोमबार त्रिविको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले सबै नागरिकले सजह र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गरे ।

“शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ । सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ,” उनले भने । त्यस्तै, दीक्षित विद्यार्थीहरुलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न प्रेरित गर्दै प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

त्रिविबाट लिइएका विभिन्न तह एवम् विषयका परीक्षाहरुमा सर्वोकृष्ट अंक प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवम् पुरस्कार वितरण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...