बिस जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

256

काठमाडौँ । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले २० जना उपसचिवलाई सहसचिवमा बढुवाको सिफारिस गरेको हो । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका दुईजना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् ।

प्रशासन सेवाका दीपक धिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरीकुमार गिरी, श्रवणकुमार पोखरेल बढुवाको सिफारिसमा परेका छन् ।

यसैगरी, रामबहादुर कुरुम्बाङ, गोपालकुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव धिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन् ।

लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...