कांग्रेस सहमहामन्त्रीतर्फ तीन क्लस्टरको मतगणना जारी

286

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । आज बिहान करिब पौने ११ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ ।

केन्द्रीय निर्वाचन समितिकाअनुसार अहिले तीनवटा क्लस्टरको मत गणना गरिँदै छ । सहमहामन्त्रीको मुस्लिम, मधेसी र खस आयतर्फको मतगणना भइरहेको हो ।

खस आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव तथा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिस्पर्धामा छन् ।

थारु र पिछडिएको क्षेत्रको मतगणना भने केही बेरमा सुरु गरिने जनाइएको छ ।

यसअघि बिहीबार महिला, आदिवासी जनजाति र दलिततर्फको सहमहामन्त्रीको मतगणनापश्चात् नजिता सार्वजनिक भइसकेको छ । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...