मदरसा शिक्षालाई पठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव ल्याउनुपर्छ : देवेन्द्र पौडेल

78

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव मागेका छन् ।

सोमबार ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

“हामी तपाईंहरुले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौँ र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ,” उनले भने, “विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढ्छौँ । त्यसका लागि तपाईंहरुले ठोस प्रस्ताव ल्याउनुपर्छ।”

मन्त्री पौडेलले संविधानले समावेशी सुनिश्चित गरेपनि त्यसको कार्यान्वयनले गति लिन नसकेको बताए ।

“मूलभूत रुपमा संविधानमा हामीले समावेशीको कुरा त गर्यौँ । तर, व्यवहारतः अझै बाँकी छ । व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ । सेना, पुलिसमा बाँकी छ । ब्युरोक्रेसीमा बाँकी छ,” उनले भने, “कुराले मात्रै हुँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...