एमालेले संसद् अवरुद्ध गर्नु विवेकहीनताको पराकाष्ठ : नारायणकाजी श्रेष्ठ

148

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले लगातार संसद् अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मसाथ गर्दै संसद् सुचारु हुन दिन अपिल समेत गरेका छन् ।

उनले संसद् अवरुद्ध गरिरहेका एमालेले लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरेको आरोप लगाएका छन् ।

“नेकपा (एमाले)ले संघीय संसदको बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको छ। अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो,” श्रेष्ठले भनेका छन्, “लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद् सुचारु गर्न नेकपा (एमाले)लाई गम्भीर अपिल गर्दछु ।”

Share This:
सम्बन्धित खबर
Loading...