संसद्‌मा विरोध निरन्तर रहन्छ : ओली

296

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा अवरोध कायम रहने बताएका छन् ।

मंगलबार एमाले संसदीय दलको बैठकमा ओलीले विरोधको कार्यक्रम जारी राख्ने बताए । “हाम्रो विरोधको कार्यक्रम निरन्तर रहन्छ । विरोधको कार्यक्रम अघि बढाउँछौँ,” उनले भने ।

बैठकमा ओलीले सरकारले एमालेले विरोध गरिरहोस् भन्ने चाहेको आरोप पनि लगाए । “सरकारले हाम्रो उपस्थिति नहोस्, विरोध जारी राखोस् भन्ने चाहेको छ,” उनले आरोप लगाए ।

पार्टीले कारबाही गरेका सांसद्हरुलाई त्यहाँ किन राखिएको ? भन्दै उनले प्रश्न पनि गरे ।

नयाँ दल नेकपा (एकीकृत समाजवादी) अवैध भएको र त्यसमा सभामुख अग्निप्रसाद सापकोटाले सघाएको भन्दै एमालेले संसद् निरन्तर अवरोध गर्दै आइरहेको छ ।

आजदेखि प्रतिनिधिसभाको दशौँ अधिवेशन सुरु हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...