काठमाडौँ । नेकपा (एमाले)ले ७ वटै प्रदेशका अध्यक्ष र इञ्चार्ज तोकेका छ । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इञ्चार्ज तोकेको हो ।
बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इञ्चार्जमा देवराज घिमिरेलाई तोकेको छ । यस्तै, प्रदेश २ को अध्यक्षमा तुलसी न्यौपाने र इञ्चार्जमा रघुवीर महासेठ, बागमती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे र इञ्चार्जमा काशीनाय अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इञ्चार्जमा पद्मा अर्याल चयन भएका छन् ।
यसैगरी, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इञ्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इञ्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इञ्चार्जमा लेखराज भट्ट चयन भएका छन् ।
यस्तै, केन्द्रीय कमिटी बैठकले काठमाडौँ उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।