भरुवा बन्दुकसहित एक जना पक्राउ

388

खाँदबारी । सङ्खुवासभाको पाँचखपन नगरपालिका–५ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक जीवन कुमार गौतमले जानकारी दिए ।

प्रहरी निरीक्षक गौतमका अनुसार राईले बिना लाइसेन्स भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा खमारेबाट पक्राउ गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई मंगलबार पक्राउ गरेको हो ।

बन्दुकसहित पक्राउ परेका राईमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङखुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...