कार्यकर्तालाई ओलीको निर्देशन– ‘पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि कार्य नगर्नु’

319

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि कुरा नगर्न नेता/कार्यकर्तालाई दिर्नेशन दिएका छन् । १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई शनिबार सम्बोधन गर्ने क्रममा ओलीले आफूहरुसँग सिद्धान्त भएकाले जनताले समर्थन दिएकोले विश्वास घटाउने काम नगर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

“हामीसँग सिद्धान्त नभए कोसँग छ सिद्धान्त ? हरेक क्षेत्रमा हामीले यत्रा उपलब्धि हासिल गरेका छौँ अनि जनताले बुझ्दै नबुझी यत्रो बनाएका हुन् ? जनताले यो साथ, समर्थन, सहयोग यत्तिकै भरोसा गरेका छन् त ?” ओलीले निर्देशन दिने क्रममा भने,“पार्टीप्रति जनविश्वास कमजोर पर्ने, जनता अलमलमा पर्ने, जनतामा भ्रम पर्ने खालका र पार्टीप्रतिको जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि नेताले नगर्नु ।”

पार्टीमा विचार र सिद्धान्त छैन भन्ने बहस नगर्न भन्दै उनले आफूसँग सम्पूर्ण मानव जातिका समस्या कसरी समाधान हुनसक्छ र धर्र्ती कसरी सुन्दर हुनसक्छ भन्ने विचार भएको बताए ।

एमालेसँग स्पष्ट विचार र नीति तथा तिनको कार्यान्वयनका लागि योजना पनि स्पष्ट रहेको ओलीको भनाइ थियो । “हामीसँग विचार भएन, नीति भएन, यो भएन, त्यो भएन भन्ने कुराहरु नगर्नु,” उनको निर्देशन थियो ।

सर्वसम्मत नेतृत्व चयन कठिन बन्दै गइरहेको समयमा महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले एमालेभित्र भावनात्मक एकतामा जोड दिए ।

“विधान महाधिवेशनले पारित गरेको नीति कार्यान्वयन गर्न र एकढिक्का भए पार्टीलाई बढाउन भावनात्मक एकता प्रस्तुत गर्दै सझा संकल्पसहित जुट्नुपर्छ,” उनले भने,“प्रतिपक्षसँग लड्दा प्रतिस्पर्धा हुने हो । पार्टीभित्र सहमति र समझदारी मुख्य कुरा हो ।

Share This:
सम्बन्धित खबर
Loading...