केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नविना लामाको घोषणा

101

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा नविना लामाले पनि उम्मेदवारी दिने घोाषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्य एवम् अनेरास्ववियूकी पूर्वअध्यक्षसमेत रहेकी लामाले दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् ।

लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा दिएको योगदानको सबैले मूल्याङ्कन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशावादी भएको बताइन् । उनले पार्टी केन्द्रीय कमिटीको सदस्यका लागि योग्य भएको बताउँदै पार्टी आन्दोलनलाई साथ दिएका महिलाहरु अब केन्द्रीय कमिटीमा आउनुपर्नेमा जोड दिइन् ।

“१२ वर्षको उमेरदेखि आजको दिनसम्म पार्टीमा निरन्तर इमानदारितापूर्वक काम गरिरहेको छु । पार्टीका लागि ज्यान बाजी मारेर आन्दोलन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेलियो,” लामाले भनिन्,“त्यसैले म पार्टीको केन्द्रीय सदस्यका लागि योग्य छु । वर्तमान राजनीतिका लागि आवश्यक पनि छ । हामी जतिको महिलाहरु पार्टीमा आएन भने को आउने ? त्यसैले सबै प्रतिनिधिहरुले मलाई माया गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।”

Share This:
सम्बन्धित खबर
Loading...