एमाले महाधिवेशन निर्वाचन आचारसंहिता : मद्यपान गरेर प्रचार गरे उम्मेदवारी रद्द [पूर्णपाठ]

339

काठमाडौँ । नेकपा (एमाले)ले १०औँ राष्ट्रिय महाधिवेशनको केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर प्रचार गर्नसमेत निषेध गरिएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसम्मको व्यवस्था रहेको छ ।

“निर्वाचन आयोगले दिएको निर्देशन पालना नगर्ने व्यक्तिलाई सचेत गराउने, निर्वाचन स्थलबाट हटाउने, निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्नेसम्मको कारबाही केन्द्रीय निर्वाचन आयोगले गर्न सक्ने छ,” आचारसंहितामा भनिएको छ ।

मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरुभन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने/पाइने छैन । पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रमविपरीत प्रचार–प्रसार गर्नु/गराउनु पनि निषेध गरिएको छ ।

यस्तो छ आचारसंहिता :

एमाले महाधिवेशन

Share This:
सम्बन्धित खबर
Loading...