चुनाव लड्न उम्मेदवारी दिएको हो, फिर्ता लिनलाई होइन : रावल

179

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका रावलले आज उम्मेदवारी दर्ता गर्ने बताए ।

फिर्ता लिनका लागि उम्मेदवारी घोषणा नगरेको जिकिर गर्दै उनले भने,“मैले चुनाव लड्न पो उम्मेदवारी दिने घोषणा गरेको हो त । फिर्ता लिनलाई मैले उम्मेदवारी दिने घोषणा गरेको होइन ।”

फिर्ताका लागि आग्रह र दबाबसमेत आएको बताउँदै रावलले थपे,“चुनाव भनेको लोकतन्त्रको सौन्दर्य पनि हो । खाली फिर्ता लिइ भनेर मात्रै हुँदैन ।”

अध्यक्षमा वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत रुपमा आउने भनिएको थियो । यद्यपि रावलले ओलीलाई चुनौती दिँदै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदै छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुने छ ।

एमाले केन्द्रीय कमिटीको शुक्रबार रातिको बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, ९९ सदस्यीय पोलिट्ब्युरो बन्ने छ भने स्थायी कमिटी ४५ सदस्यीय हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...