दशौँ हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्दै छन् : ओली

291

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले पूर्वलडाकुको व्यवस्थापन गर्न नसकेको बताएका छन् । उनले घाइते पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने पनि बताए ।

एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार अध्यक्ष ओलीले माओवावी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड सरकारमा रहे पनि पूर्वलडाकु व्यवस्थापन र उनीहरुको उपचारलगायतमा ध्यान नदिएको आरोप लगाए ।

“प्रच्ण्डजी शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? घाइतेको उपचार किन गर्नु हुन्न ? मनपरेका मानिसलाई १० हजार बाँडेर हुन्छ ? पैसा बाँडेर समस्या समाधान हुन्छ ?,” उनले भने,“लडाकुलाई रोजगारी दिने हो सरकारमा तपाईं हुनुहुन्छ ।”

ओलीले दशौँ हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्ने तयारी गरेको बताए । आज पनि लाखौँको संख्यामा मान्छेहरु एमालेमा प्रवेश गर्न इच्छुक रहेको उनको जिकिर थियो ।

“अहिले नेकपा एमालेमा दैनिक रुपमा प्रवेश गरिरहेका छन् । आज पनि यस कार्यक्रममा लाखौँ मान्छेहरु एमालेलमा प्रवेश गर्नुहुन्थ्यो । तर, यो मञ्च त्यसका लागि हैन । मिल्ने भए यहाँ लाखौँ मान्छे प्रवेश गर्नुहुन्थ्यो । अब यो हिउँदभरि एमालेमा प्रवेशको लहर चल्छ । फागुनसम्मै एमालेमा प्रवेशका कार्यक्रम चल्दै जाने छ,” ओलीले भने ।

ओलीले एमाले वेरोजगारहरुले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताए । उनले यो पार्टी सिर्जनशील व्यक्तिहरुको पार्टी भएको बताएका छन् । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह गरे ।

नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको ओलीको दाबी छ । उनले अब नेपाली सन्ततिले दुःख, अशान्ति, वेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...