लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली

224

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् ।

चितवनमा सुरु भएको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरुसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्न चाहेको बताए ।

“लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूगोल हामीले नेपालको नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्ने छ,” उनले भने,“हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।”

उध्यक्ष ओलीले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समस्या रहेको बताए । “हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौँ । ठुला–साना, गरिब–धनि, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरुको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ । एमाले यस्तो समानतामा विश्वास राख्छ,” ओलीले भने ।

उनले देशको सार्वभौसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताए । साथै उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष पनि गरे ।

“निकट भविष्यमा चुनावहरु आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौँ । जनमतको तयारी गर्नेछौँ । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...