एमालेलाई जनताले सधैँ स्मरण गरिरहन्छन् : कमल थापा

234

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

एमालेको दशौँ महाधिवेशनमा शुक्रबार शुभकामना दिँदै अध्यक्ष थापाले अहिलेको सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताएका हुन् । उनले नेपाल विदेशी शक्तिको क्रिडास्थल भएको बताउँदै नेकपा एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताए ।

अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताउँदै अध्यक्ष थापाले एमालेलाई जनताले सधैँ स्मरण गरिरहने तर्क गरे ।

अध्यक्ष थापाले एमाले अध्यक्ष ओली राष्ट्रवादी सोच भएको नेता भएकाले नेकपा एमालेले १०औँ महाधिवेशनबाट राष्ट्रलाई तेतृत्व गर्न सक्ने नेतृत्व चुनिनेमा आफू आशवादी रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...