यी हुन् एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने नेताहरु

317

काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनको उद्घाटन समारोहमा अहिलेसम्म ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ ।

एमाले महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे गर्ने छन् ।

उद्घाटन समारोहलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ ।

उद्घाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तव्य राख्नेछन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेबाट अलग भएर छुट्टै पार्टी गठन गरेको नेकपा (एकीकृत समाजवादी) नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...