प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा कोही छैन : झक्कु सुवेदी

248

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदीले पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को विकल्प नभएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सुवेदीले भने,“विपी कोइराला २५ देखि ३० वर्षसम्म पार्टी सभापति हुनुभयो । एउटा व्यक्तिले लामो समयसम्म नेतृत्व गर्नुहुन्न भन्नु हुँदैन । म दुई दशकदेखि केन्द्रीय सदस्य छु । अध्यक्ष भएको पनि प्रचण्ड २१ वर्ष भयो । पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ । प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा अहिले कोही पनि हुनुहुन्न । भोलिका दिनमा आउनुभयो भने छलफल हुन्छ । तर, प्रचण्डले सापेक्षिक रुपमा सही नेतृत्व गर्नुभएको छ । प्रचण्डको विकल्प पार्टीमा छैन ।”

उनले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनको तयारी अघि बढिसकेको बताए । उनले भने,“हामी राष्ट्रिय सम्मेदन भव्य रुपमा सम्पन्न गर्न गइरहेका छौँ । यही मंसिर ४ गते एकै दिन वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । अब मंसिर ११ गते पालिकाको सम्मेलन हुँदै छ । संगठन, सम्पर्क मञ्चको पनि एकै दिन सम्मेलन हुन्छ ।”

उनले आगामी पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलन गरिने गरी अघि बढेको बताए । “माओ दिवसको दिन राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैछौँ । समयको हिसावले अझै एक महिना छ । पार्टीले तल्लो तहदेखि प्रचार गरिरहेको छ ।”आफ्नो पार्टीको अधिवेशनको बारेमा त्यति चर्चा नहुनुको कारण सर्वसम्मत रुपमा वडादेखि नै नेतृत्व चयन गरिनु नै भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...