प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

301

काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले चितवन पुगेर एमाले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । देउवा हेलिकोप्टरबाट चितवन जाने कार्यक्रम तय भएको छ ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडौँ फर्कनेछन् ।

तामाङका अनुसार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आउने वा नआउने टुंगो लागिसकेको छैन ।

अन्य राजनीतिक दलका नेता समेत आउने कार्यक्रम रहेको एमालेले जनाएको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत चितवन आउँदैछन् ।

एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...