न्यायिक क्षेत्रलाई क्यान्सर भयो, अप्रेसन र किमोको आवश्यकता छ : ओली

200

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले एकता, एकीकरण गर्नुपर्ने कुनै पार्टी नेपालमा नरहेको बताएका छन् । उनले एकता गर्न लायक कुनै पनि दल नरहेको बताए ।

बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,“अब नेकपा (एमाले)ले एकता, एकीकरण गर्नुपर्ने पार्टी नेपालमा रहेन । त्यसैले नो एकता, नो एकीकरण ।”

ओलीले न्यायिक क्षेत्रलाई क्यान्सर भएको बताउँदै त्यसलाई जरैदेखि फ्याँक्नुपर्ने बताए ।

“न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ । न्यायाधीश बारले भनिरहेको छ । वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी, जनता छक्क परिरहेको छ । क्यान्सरको उपचार धामी बोलाएर दुबोको मुन्टा, कुखुराको अन्डा ल्याएर यसो यसो पारेर दुनामा लगेर मन्साउने ?”

सामान्य रुपमा सर्वोच्च अदालतको विवाद साम्य नहुने ओलीको भनाइ थियो । “त्यो विचरा अन्डा मन्साएर, अन्डा पर लगेर राखेर क्यान्सर निको हुन्छ ? अप्रेसनको आवश्यकता छ । किमोको आवश्यकता छ । बिमार त्यो तहको छ,” उनले भने ।

सर्वोच्च अदालतमा जारी विवाद आफ्नो नेतृत्वको सरकारतिर फ्याँकिएको ब्रह्मास्त्र फर्किएर भएको ओलीको भनाइ छ । उनले पाँच दलको कारण सर्वोच्चमा विवाद जारी रहेको बताए ।

यस्तै, ओलीले कांग्रेस र प्रचण्डको पछि लागेर देश नबन्ने भन्दै एमालेको पक्षमा आउन आह्वानसमेत गरे । कांग्रेस नीति र विचारमा बुढो भइसकेको बताए । “कांग्रेजस्तो पार्टीले हेर्नुस् त प्रचण्ड र माधवको हात समातेर हिँडेको !”उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...