फेरि सचिवमै उठ्ने योगश भट्टराईको तयारी

121

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आफू पुनः सचिवकै उम्मेदवार हुने बताएका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले चितवनमा आउने प्रतिनिधिसँगको सल्लाहबाट थप निर्णय लिने पनि बताए ।

“अरु प्रतिनिधि पनि आउँदै हुनुहुन्छ । उहाँहरुसँग पनि सल्लाह गर्नुपर्छ । मेरो आशय तपाईंहरुले बुझिरहनुभएको छ । लामो यात्रामा दौडिदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । यसपटक चौतारीमा बस्ने हो, सचिवमा भन्ने मेरो सोचाइ छ,” उनले भने ।

भट्टराईले एमालेले तोकेकै ७० वर्षे प्रावधानअनुसार पनि आफूलाई अझै १५ वर्ष रहेको पनि बताए । “अहिले नै धेरै माथि चढ्न हतार छैन । एकैचोटी माथि पुगेपछि लुँडोमा जस्तो एकैचोटी तल खस्ने जोखिम पनि हुन्छ,” भट्टराईले भने ।

उनी नवौँ महाधिवेशनबाट पनि सचिवमा निर्वाचित भएका थिए । त्यतिबेला उनी माधवकुमार नेपाल प्यानलमा थिए ।

Share This:
सम्बन्धित खबर
Loading...