प्रचण्डले भने, ‘म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्रीभन्दा कम पनि छैन’

204

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले जनतासँग सुनाएका योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा नगरिदिएको बताएका छन् ।

कैलालीको भजनी नगरपालिकाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली खलनायक परेको बताए ।

“कम्युनिस्टलाई एक गरेपछि राजनीतिक स्थायित्व भएर छिटो छिटो विकास होला भन्ने सपना देखेको थिए,” उनले भने,“केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए । तर, ती नायक होइन खलनायक परेछन् ।”

अध्यक्ष प्रचण्डले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जबाफ दिन थालेको पनि बताए । ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी गरेका छन् र

“ओलीले मैले भनेको मानेनन् । अघिल्लो सरकारले उल्टो मात्रै काम गरेको थियो,” प्रचण्डले भने,“अहिले पाँच दलीय गठबन्धन छ । यो गठबन्धनले जनताको हितमा काम गर्छ । अहिले पनि बलियो छु । अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।”

उनले गठबन्धन अझै बलियो बन्दै गएको पनि बताए । सरकारले काम थालेकाले गठबन्धन अझै लामो समय जाने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...