जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ : नेपाल

346

धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा (एमाले)लाई त्याग्नुपरेको बताएका छन् ।

धनुषाको विदेश नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने,“नेकपा एमाले विदेशी दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्याग्नुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भने,“न्याय र सत्यको जित अवश्य हुने छ । ” नेपालले आफू ५२ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भने,“ठुला ठुला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।”

उनले हिन्दी शैलीमा भने,“जो हमसे टकराएगा चुर चुर हो जाएगा ।” उनले आफू प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए । अध्यक्ष नेपालले एकीकृत समाजवादीले जहिल्यै जनताको सुख दुःखमा साथ दिने प्रतिबद्धता जनाए ।

कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उनको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो ।

उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिंचाइ र मलखादको व्यवस्था गर्ने पनि बताए । नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपटि कागको पाछाडि दौडिन नहुने कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...