ओली संघीयता, मधेसी र पहिचान विरोधी : प्रचण्ड

276

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उद्देश्यका साथ गरिएको प्रतिनिधिसभा विघटनलाई जनताले विफल पारेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुले संविधानलाई खारेज गर्ने तथा राजतन्त्रका साथ १७ साल फर्काउन गरेको प्रतिनिधिसभा विघटन जनताको बलमा विफल पारिएको बताए ।

अहिले पनि केहीलाई आन्दोलनबाट प्राप्त परिवर्तन मन नपरेको भन्दै सवैले संविधानलाई जोगाउनुपर्ने बेला आएको उनले बताए । प्रचण्डले नेपालको राजनीति परिवर्तनको प्रक्रिया चक्रव्युमा पुगेको र यसलाई निकाल्नुपर्ने जिकिर गरे ।

त्यस्तै, उनले निर्वाचन प्रणाली र शासकीय स्वरुप तथा पहिचानका विषयमा संविधान संशोधन गर्नुपर्ने बताए । उनले संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी केपी ओली नै भएको धारणा राखे ।

प्रचण्डले समाजवादी क्रान्तिका लागि फेरि एकपटक एकजुट हुनुपर्ने बेला आएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...