म अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन : ओली

286

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने स्पष्ट पारेका छन् ।

महाधिवेशनका सन्दर्भमा मंगलबार काठमाडौँमा सम्पादकहरुसँगको छलफलका क्रममा अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारेका हुन् ।

कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफूले कुनै सुझाव वा कदम नचाल्ने उनको भनाइ छ । आफूले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको भन्दै उनले आफू अध्यक्षमा उठ्ने भए पनि अरुलाई अध्यक्षमा नउठ्नु नभन्ने बताए । अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई भीम रावलले चुनौती दिएको नभइ आफूप्रति देखाएको स्नेहपूर्ण सम्मान भएको उनले बताए ।

त्यस्तै, उनले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको दाबी गरे । आफूहरु प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धिकरण र सुढृदीकरणको अवसर मिलेको उनको भनाइ छ । अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती पनि दिए । ओलीले महाधिवेशनको उद्घाटनका बेला चितवनमा देशभरबाट नेपालमा रहेका सवारी साधानले बोक्न सक्ने जति मानिसलाई उतार्ने बताए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखिएको समास्या समाधान गर्न सबै न्यायधिशले राजीनामा गर्नुपर्ने बताउनुभयो । अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको भन्दै उनले त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने जिकिर गरे । उनले आफूलाई संसद्ले नभई अदालतले हटाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...